१ कार्तिक २०८३, आइतबार

पर्यटकका लागि आधुनिक ‘पोखरा घर’ सञ्चालनमा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा । पर्यटनको राजधानी पोखरामा पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्धेश्यसहित ‘पोखरा घर’ निर्माण गरिएको छ ।

४० वर्ष पहिले दाताबाट पोखरा नगर विकास समितिको स्वामित्वमा रहने गरी पोखरा–९ पृथ्विचोकमा प्राप्त भएको करिब २ रोपनी क्षेत्रफलमा आधुनिक ‘पोखरा घर’ निर्माण भएको हो ।

नवनिर्मित ‘पोखरा घर’को पोखरा महानगरका प्रमुख धनराज आचार्यले उद्घाटन गरे ।

भवनको उद्घाटनका क्रममा प्रमुख आचार्यले पोखरा पर्यटनको राजधानी भएकाले पोखर घुम्न आउने पर्यटकहरुका लागि सूचना प्रवाह गर्ने, पुस्तकालयबाट विभिन्न जानकारी प्राप्त गर्न मिल्नेगरी घर निर्माण गरिएको जानकारी दिए ।

त्यस्तै, आर्ट ग्यालरीमर्फत नेपालको संस्कृतिसँग सम्बन्धित वस्तुको पहिचान गर्न सकिने, डिजिटल माध्यमबाट पोखराको पर्यटकीय स्थल तथा विभिन्न क्षेत्रको सहज पहिचान गर्न सकिने र फर्कने बेला कोशेली समेत लैजान सकिने गरी पोखरा घर निर्माण गरिएको उनको भनाइ छ ।

भूमिगत पार्किङ र निःशुल्क वाईफाई समेत सुविधा प्राप्त हुनेगरी सञ्चालनमा ल्याइएको पोखरा घर निर्माणले पोखरालाई नेपालको अन्य जिल्ला र अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन टेवा पुग्ने सरोकारवालाहरुले जनाएका छन् ।