२८ आश्विन २०८३, बुधबार

‘क्राइम पेट्रोल’को होस्ट गर्दै अजय देवगन, सकाए १५ एपिसोडको सुटिङ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड अभिनेता अजय देवगन अब होस्टको रूपमा देखिने भएका छन् ।

भारतीय टेलिभिजनको लोकप्रिय अपराधसम्बन्धी कार्यक्रम ‘क्राइम पेट्रोल’मा उनी ‘होस्ट’को रूपमा देखिन लागेका हुन् । उनले यस कार्यक्रमका लामो समय देखिका प्रस्तोता अनुप सोनीलाई रिप्लेस गर्दै सो स्थान लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सोसँगै अजयले आफ्नो इन्स्टाग्राममार्फत आफूले होस्ट गर्न लागेको नयाँ कार्यक्रमको एउटा ‘टिजर’ पनि सार्वजनिक गरेका छन् । जसमा उनले भनेका छन्, ‘बाल्यकालमा हामीलाई अपरिचित व्यक्तिहरूबाट टाढा रहन र राति घरमा ताल्चा लगाउन सिकाइन्छ तर अहिले जे भइरहेको छ, र यस्ता धेरै घटनाहरू छन्, त्यसमा अपराधी कुनै बाहिरी व्यक्ति नभई हाम्रै नजिकको कोही व्यक्ति हुने गरेको छ ।’

प्राप्त जानकारी अनुसार अजय देवगनले यस कार्यक्रमका १५ वटा एपिसोडहरूको छायाङ्कन गरिसकेका छन्, अब ३१ अगस्तदेखि सोनी टेलिभिजनको पर्दामा देखिने छन् ।