काठमाडौं । आज १५ अगस्ट अर्थात् भारतले आज आफ्नो ८० औं स्वतन्त्रता दिवस मनाउँदैछ ।
दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी नयाँदिल्लीको लाल किल्लाबाट सम्बोधन गर्दैछन् ।
मोदीले लाल किल्लाको प्राचीरबाट १३ औं पटक राष्ट्रलाई सम्बोधन गर्न लागेका हुन् ।
यसैबीच, लाल किल्ला पुग्नुअघि मोदीले आफ्नो सामाजिक सञ्जालमार्फत देशबासीलाई ८० औं स्वतन्त्रता दिवसको शुभकामना दिएका छन् ।
उनले स्वतन्त्रता सेनानीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको साहस, त्याग र देशप्रतिको अटल समर्पणको सम्मान व्यक्त गरे । उनले स्वतन्त्रता सेनानीहरूका सपनाले देशलाई अघि बढ्न निरन्तर प्रेरित गरिरहेको बताए ।
स्वतन्त्रता दिवसको सन्देशमा मोदीले उपनिवेश शासनको अन्त्य सुनिश्चित गर्ने अनगिन्ती स्वतन्त्रता सेनानीहरूप्रति राष्ट्र आभारी रहेको बताए । उनले स्वतन्त्रता सेनानीहरूका सपनाले आज पनि देशलाई प्रेरित गरिरहेको र उनीहरूका आदर्शबाट प्रेरणा लिँदै अघि बढ्ने संकल्प गर्नु आवश्यक रहेको उल्लेख गरे ।
सन् १९४७ मा स्वतन्त्रता प्राप्त गरेयता उक्त मुख्य समारोह हरेक वर्ष लाल किल्लामा आयोजना हुँदै आएको छ ।
भारतले सन् १९४७ देखि हरेक वर्ष तत्कालीन ब्रिटिस शासकबाट मुक्ति पाएको दिन अगस्ट १५ लाई स्वतन्त्रता दिवसको रूपमा मनाउँदै आएको छ ।
सन् १९४७ अगस्ट १५ मा भारत बेलायतबाट स्वतन्त्र भएको थियो ।













प्रतिक्रिया