२९ आश्विन २०८३, बिहिबार

सस : त्वा हस्पिटालिटी र प्रभु बैंकबीच विशेष छुट सम्झौता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कीर्तिपुर नगरपालिका–३ सागल कीर्तिपुरस्थित सस : त्वा हस्पिटालिटी प्रालि र प्रभु बैँक लिमिटेडबीच विशेष छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

बिहीबार प्रभु बैंकका तर्फबाट केन्द्रीय व्यापार केन्द्रका प्रमुख लेखबहादुर पुन र कीर्तिपुर शाखा प्रमुख रश्मि महर्जन तथा सस : त्वा हस्पिटालिटीका तर्फबाट बिक्री तथा बजारीकरण अधिकृत सागर खनाल र सञ्चालक प्रबन्धक सुशान महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापछि प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले सस : त्वा हस्पिटालिटीमा सेवा तथा सुविधा लिएबापत विशेष छुट पाउने छन् ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरु तथा वैध परिचयपत्र भएका ग्राहकहरुले खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । सस : त्वाको सेवा तथा सुविधा प्राप्त गर्नको निमित्त बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैंकका अन्य कुनै विद्युतीय प्रणालीद्धारा बिल भुक्तानी गर्नुपर्ने छ ।

प्रभु बैंकले नेपालभर रहेका ३०० शाखा कार्यालयहरु, २६५ एटिएम साथै ६६ एक्सटेन्सन काउन्टरमार्फत ३६ लाखभन्दा बढी ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ ।