२८ आश्विन २०८३, बुधबार

शेरबहादुरजी पश्चिमको राजकुमार भनेर बीपी कोइरालाले भन्नुहुन्थ्यो : शशांक कोइराला

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेस इतर पक्षका नेता शशांक कोइरालाले आफूहरूको नेता शेरबहादुर देउवा नै रहेको बताएका छन् ।

शुक्रबारबाट काठमाडौंमा सुरु भएको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले आफूहरूको नेता देउवा नै भएको बताएका हुन् । उनले सम्बोधनका क्रममा बुबा बीपी कोइरालाले देउवालाई पश्चिमको राजकुमार भनेको स्मरण गरे ।

‘शेरबहादुरजी पश्चिमको राजकुमार भनेर बीपी कोइरालाले भन्नुहुन्थ्यो । उहाँ पहिलोचोटी बनारस आउँदा शेरबहादुरजीलाई घुमाइदे शशांक भन्नुभयो,’ उनले भने, ‘त्यो दिन मैले के गर्ने त भन्दा शेरबहादुरजीले सिनेमा हेर्ने भन्नुभयो । त्यो दिन हामीले तीन वटा सिनेमा हेर्‍यौं ।’

यस्तै उनले काँग्रेसलाई एकजुट बनाउन राष्ट्रिय भेला आयोजना गरिएको बताए ।