२८ आश्विन २०८३, बुधबार

मिटरब्याजी गोपाल साहसहित तीनजना पुर्पक्षका लागि थुनामा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम । मिटरब्याजी गोपाल साहसहित तीनजनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

धनुषा जिल्ला अदालतले जनकपुरधाम उपमहानगरपालिका-१६ कपिलेश्वर निवासी ५३ वर्षीय गोपाल साह, उनकी भाइ बुहारी ४८ वर्षीया रेखा साह र रेखाका छोरा ३२ वर्षीय हरेराम साहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

पूर्वएसएसपी गोविन्दकुमार साहसहितको जाहेरीका आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो । गोविन्दकुमार साहले गोपाल साहसँग जग्गा दृष्टिबन्धक राखी कपाली तमसुकमार्फत ९९ लाख रुपैयाँ ऋण लिएका थिए । तर, दृष्टिबन्धकका रूपमा रजिस्ट्रेसन गरिएको जग्गा जग्गाधनीलाई जानकारी नै नदिई गोपाल साहसहितले बैंकमा धितो राखेर करिब चार करोड रुपैयाँ ऋण लिएको अनुसन्धानबाट खुलेको छ ।

पाँचवटा मुद्दामा भने अदालतले उनीहरूलाई जनही एक/एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । अझै उनीहरूमाथिको तीनवटा मुद्दामा आज थुनछेक बहस हुँदैछ ।