२९ आश्विन २०८३, बिहिबार

ग्लोबल आइएमई बैंकद्वारा नाइमा मोबिलिटी एक्स्पोमा गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा मोबिलिटी एक्स्पोमा व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ ।

विशेष योजनाअनुसार नाइमा अटो एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम शून्य दशमलब पाँच प्रतिशत प्रिमियम थपेर कर्जा पाउने बैंकले जनाएको हो ।

हालको आधारदरमा न्यूनतम् ब्याजदर ५.२५ प्रतिशत ब्याजदर कायम रहेको ग्लोबल आईएमई बैंकका प्रतिनिधि मन्जिल बिष्टले जानकारी दिए । विद्युतीय, गैर–विद्युतीय र हाइब्रिड लगायत सबै किसिमका सवारी साधनका लागि अटो लोन उपलब्ध रहेको उनले बताए।

ग्राहकले आफ्नो आधारभूत जानकारी दिएपछि तुरुन्तै लोनको योग्यता र प्रक्रियाबारे जानकारी गराइने उनले बताएका छन् ।

बैंकले केवल वित्तीय ऋणदाताका रूपमा मात्र नभई ग्राहकको आवश्यकता अनुसार वित्तीय सल्लाहकार र काउन्सिलरका रूपमा सहज प्रक्रिया प्रदान गर्ने लक्ष्य राखेको उनको भनाइ छ ।