२८ आश्विन २०८३, बुधबार

जगले धान्ने भन्दा पनि ठूलो पार्टी बन्यो कि भनेर म कहिलेकाहीँ सोच्न बाध्य हुन्छु : रवि लामिछाने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको विषयले कहिलेकाँही आफूलाई चिन्तित तुल्याउने बताएका छन् ।

पार्टीको संचरना भन्दा जग कमजोर रहेको भन्दै उनले यसबारेमा आफूले सोच्ने गरेको बताएका हुन् । जग कमजोर र संरचना ठूलो भएकाले यसलाई सुरक्षित राख्न र बलियो बनाउन टेको दिने र अड्याउने जिम्मेवारी आफूहरुको काँधमा रहेको उनको भनाइ छ ।

उनले भने, ‘जग बलियो नबनाइकन हामीले स्ट्रक्चर बलियो बनाएर हुँदैन । कहिलेकाहीँ जग बनिरहँदाखेरि स्ट्रक्चर कस्तो बन्दैछ, भन्ने थाहा पाउन गाह्रो हुन्छ । रास्वपाको बलियो स्ट्रक्चरभन्दा पहिले धेरै तल्लाको पार्टी बनेको हो, मैले आज यहाँ स्वीकार्नै पर्छ । तर युवाको चाहना यही थियो । परिवर्तन एकदमै जरुरी भएको थियो र विकल्पका रूपमा हामीलाई जनताले आशा र भरोसाका रूपमा हेरेका थिए । त्यसकारणले हाम्रो जग बन्नुभन्दा पनि ठुलो र हाम्रो जगले धान्नुभन्दा पनि ठूलो आकारको पार्टी बन्यो कि भनेर म कहिलेकाहीँ सोच्न बाध्य हुन्छु । तर बनिसकेपछि यसलाई सुरक्षित ढंगले कहाँबाट टेको दिनुपर्छ, कहाँ-कहाँबाट अड्याउनुपर्छ, त्यसका लागि भने हामी तयार हुनुपर्ने हुन्छ ।’

रास्वपा अब ‘वैकल्पिक शक्ति’ मात्र रहेर नपुग्ने भन्दै यसलाई देशको ‘निर्विकल्प शक्ति’ बनाउनुपर्ने उनको भनाय छ ।