काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले निम्तो पठाएका छन् ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन कोप–३१ मा सहभागी हुन एर्दोगानले बालेनलाई निमन्त्रणा पठाएका हुन् ।
बुधबार सिंहदरबारमा बसेको राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले कोप–३१ मा सहभागी हुन प्रधानमन्त्री शाहलाई निमन्त्रणा प्राप्त भएको जानकारी दिए ।
कोप–३१ सन् २०२६ नोभेम्बर ९ देखि २० सम्म टर्कीएको अन्ताल्यामा हुँदैछ ।













प्रतिक्रिया