काठमाडौं । लुम्बिनी प्रदेश सरकार गठनका लागि नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीसँग नेपाली कम्युनिष्ट पार्टी (मसाल) पनि जोडिएको छ ।
आज एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र नेकपा(मसाल) का अध्यक्ष मोहनविक्रम सिंहले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमतिपत्रमा लुम्बिनी सरकार गठन र विकास निर्माणका लागि सहकार्य गर्ने उल्लेख छ ।
यसैगरी, राष्ट्रिय स्वाधिनता, संविधान र गणतन्त्रका पक्षमा तथा प्रतिगमनका विरूद्व आन्दोलनमा सहकार्य गर्ने सहमति भएको हो ।
















प्रतिक्रिया