काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले युवामा आशा जगाउन नसकेको बताएका छन् ।
युवा दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले बालेन सरकारले युवाहरूको प्रतिबद्धता पूरा नगर्दा युवाहरूमा फेरि निराशा बढेको बताएका हुन् ।
उनले रास्वपाले चुनावका बेला युवालाई स्वदेश फर्काउने सपना बाँडेको स्मरण गर्दै उक्त योजनाको खोजी समेत गरेका छन् । उनले सरकारलाई प्रश्न गरे, ‘तर, प्रश्न छ- जेनजीले खोजेको रोजगारी कहाँ सिर्जना भयोरु उनीहरूले चाहेको सुशासन कहाँ छरु विदेशिन बाध्य युवालाई स्वदेश फर्काउने योजना कहाँ छ ?’
उनले निर्वाचनअघि सत्तारूढ दल रास्वपाका सभापति रवि लामिछानेले अमेरिका, क्यानडा र युरोपका विभिन्न देशका गल्लीगल्लीमा पुगेर सरकार बनेको १०० दिनभित्र विदेशिएका नेपाली युवालाई स्वदेश फर्काउन स्टिकर टाँस्ने र देशमै रोजगारी दिने घोषणा गरेको स्मरण गराएका छन्।
‘चुनावअघि अमेरिका, क्यानडा र युरोपका गल्लीगल्लीमा पुगेर सरकार बनेको १०० दिनमै स्टिकर टाँस्ने र विदेशिएका नेपाली युवालाई स्वदेश फर्काउने घोषणा सत्तारूढ दलकै नेतृत्वले गरेका थिए, जुन कुरा युवाजनले बिर्सिएका छैनन्’, उनले भनेका छन्।













प्रतिक्रिया