२८ आश्विन २०८३, बुधबार

चुरियामाई सुरूङमा गाडी कुदाउँछु भन्नु र पुरानो प्रविधिबाट हेटौंडा कपडा उद्योग चलाउँछु भन्नु एउटै हाे : सिग्देल

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष समेत रहेका नेकपा (एमाले) मकवानपुरका नेता नवीन सिग्देलले पुरानो प्रविधिबाट हेटौंडा कपडा उद्योग सञ्चालन गर्न प्रयास गर्नु र चुरियामाई सुरुङमा गाडी कुदाउँछु भन्नु एकै हुने टिप्पणी गरेका छन् ।

बुधबार सामाजिक सञ्जालमा लेख्दै वडाध्यक्ष सिग्देलले चुरियामाई सुरुङ ऐतिहासिक तथा पर्यटकीय महत्वको भए पनि यातायात सञ्चालनका लागि उपयुक्त नहुने बताए । उनका अनुसार आजको आवश्यकता आधुनिक प्रविधिसहितको नागढुंगा–सिस्नेखोला सुरुङमार्गजस्तै पूर्वाधार हो ।

उनले भनेका छन्, ‘एसियाकाे सबैभन्दा पुरानाे चुरियामाईकाे सुरूङमार्गकाे प्रदेश र स्थानीय सरकारकाे समन्वय र लगानीमा सरसफाई र मर्मत सम्भार गरियाे । ऐतिहासिक पर्यटकीय स्थलकाे रूपमा त्यस क्षेत्रकाे विकासमा अब सुरूङमार्गले याेगदान गर्नेछ । यातायात/परिवहन सञ्चालनकाे लागि सुरूङ्ग मार्ग प्रयाेग गर्न सकिँदैन । तर, आजकाे आवश्यकता अध्याधुनिक नागढुंगा-सिस्नेखाेला सुरूङमार्ग हाे । जहाँ यातायात/परिवहन सुरक्षित र सहज रूपमा सञ्चालन हुन्छ ।’

हेटौंडा कपडा उद्योगको केही भाग सरसफाइ गरी पुरानो प्रविधिबाट उत्पादन परीक्षण गर्नुले दीर्घकालीन उपलब्धि हासिल गर्न नसक्ने सिग्देलको दाबी छ ।

 

हेटौंडा कपडा उद्योगको केही भाग सरसफाइ गरी पुरानो प्रविधिबाट उत्पादन परीक्षण गर्नुले दीर्घकालीन उपलब्धि हासिल गर्न नसक्ने सिग्देलको दाबी छ । ‘उद्योगकाे थाेरै भाग सरसफाई गरी पुरानाे प्रविधिकाे उत्पादन परिक्षण गर्नु भनेकाे चुरियामाईकाे सुरूङमार्ग मर्मत सम्भार गरे जस्तै हाे । उत्पादन सुरू भयाे भनेर हाे–हल्ला पिटाउन सकिन्छ तर आजकाे परिवर्तित बजारमा न बजार माग पूरा गर्छ न उत्पादनले प्रतिस्पर्धा गर्नसक्छ । खर्च मात्र बढाउँछ । बरू चुरियामाई सुरूङमार्ग सरसफाई र मर्मत सम्भारपछि पर्यटकीय केन्द्रकाे रूपमा विकास भइरहेछ ।’ सिग्देलले भने ।

पुरानो प्रविधिबाट उत्पादन सुरु भएको प्रचार गर्न सकिए पनि अहिलेको प्रतिस्पर्धी बजारमा बजार माग पूरा गर्न र चीन लगायत तेस्रो मुलुकका उत्पादनसँग प्रतिस्पर्धा गर्न कठिन हुने उनले बताए ।

उनका अनुसार उद्योग सञ्चालनका लागि आधुनिक प्रविधि, पर्याप्त लगानी, कच्चा पदार्थको सुनिश्चितता, कम लागतमा गुणस्तरीय उत्पादन र प्रभावकारी बजारीकरण आवश्यक छ ।

 

उनका अनुसार उद्योग सञ्चालनका लागि आधुनिक प्रविधि, पर्याप्त लगानी, कच्चा पदार्थको सुनिश्चितता, कम लागतमा गुणस्तरीय उत्पादन र प्रभावकारी बजारीकरण आवश्यक छ ।

बन्द उद्योग सञ्चालन गर्ने र स्वदेशी उत्पादन तथा रोजगारी बढाउने कार्यमा विरोध नरहेको र असल कार्यमा सहयोग गर्नुपर्ने बताउँदै वडाध्यक्ष सिग्देलले सरकारले आफ्नै ‘१०० बुँदे, १०० दिने’ प्रतिबद्धता पनि प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको टिप्पणी गरे ।

यस्तो अवस्थामा पुरानो प्रविधिबाट उद्योग सञ्चालनको प्रचार उपलब्धिभन्दा बढी ‘हल्ला’मा सीमित हुने उनको भनाइ छ ।

‘१ सय बुँदा १ सय दिनमा पूरा गर्छु भनेर सरकार आफैले घोषणा गरेको प्रतिबद्धता १० प्रतिशत पनि पूरा गर्न सकेको छैन । आफैले तयार र घोषणा गरेको प्रतिबद्वता पूरा नगर्ने सरकारले पुरानो प्रविधिबाट उत्पादन परिक्षण उधोग सञ्चालन होइन हो–हल्लामा मात्र सिमित हुनेछ । अर्थात् माथि उल्लेखित कार्य विना गरिएको हो–हल्ला सरकारप्रति बढ्दै गइरहेको विकर्षणलाई मत्थर बनाउन र जनताको ध्यान आफूतिर तान्ने रणनीति बाहेक केही हुन सक्दैन । त्यसैले, निर्धक्क भएर भन्छौँ, झुटो टिक्दैन, सत्य डग्दैन । हिम्मत हुनेले तर्कसंगत बहस गर्नुपर्छ । सत्यको अगाडि तिम्रा गालीका वर्षाहरू पानीको फोका जस्तै फुट्नेछन् ।’ सिग्देलले भने ।

वडाध्यक्ष सिग्देलले लेखेका छन्–

चुरियामाईकाे सुरूङ्गमा गाडि कुदाउछु भन्नू र,
पुरानाे प्रविधिमा हेटाैँडा कपडा उधाेग चलाउछु भन्नू एउटै हाे ।

एसियाकाे सबैभन्दा पुरानाे चुरियामाईकाे सुरूङ्ग मार्गकाे प्रदेश र स्थानीय सरकारकाे समन्वय र लगानीमा सरसफाई र मर्मत सम्भार गरियाे । ऐतिहासिक पर्यटकीय स्थलकाे रूपमा त्यस क्षेत्रकाे विकासमा अब सुरूङ्ग मार्गले याेगदान गर्नेछ । यातायात/परिवहन सञ्चालनकाे लागि सुरूङ्ग मार्ग प्रयाेग गर्न सकिँदैन ।
तर,

आजकाे आवश्यकता अध्याधुनिक नागढुङ्गा-सिस्नेखाेला सुरूङ्ग मार्ग हाे । जहाँ यातायात/परिवहन सुरक्षित र सहज रूपमा सञ्चालन हुन्छ ।
अब प्रसंग, बन्द हेटाैँडा कपडा उधाेगकाे ।

उधाेगकाे थाेरै भाग सरसफाई गरि पुरानाे प्रविधिकाे उत्पादन परिक्षण गर्नु भनेकाे चुरियामाईकाे सुरूङ्ग मार्ग मर्मत सम्भार गरे जस्तै हाे । उत्पादन शुरू भयाे भनेर हाेहल्ला पिटाउन सकिन्छ तर आजकाे परिवर्तित बजारमा न बजार माग पूरा गर्छ न उत्पादनले प्रतिस्पर्धा गर्नसक्छ । खर्च मात्र बढाउँछ । बरू चुरियामाई सुरूङ्ग मार्ग सरसफाई र मर्मत सम्भारपछि पर्यटकीय केन्द्रकाे रूपमा विकास भईरहेछ ।

आजकाे आवश्यकता,

आजकाे कडा प्रतिस्पर्धात्मक बजारमा उत्पादन टिक्न र बिक्न

नयाँ अध्याधुनिक प्रविधिद्वारा उत्पादन, उत्पादन गतिशिलताद्वारा ठुलाे परिणाममा कम लागतमा गुणस्तरीय उत्पादन, बजारमा उत्पादनकाे उत्कृष्टता र उपभाेक्ता सन्तुष्टि मूख्य शर्त हुन् । तब मात्र राेजगारी, आम्दानी र नाफाकाे सुनिश्चियता हुनसक्छ । जसकाे लागि उधाेगमा पर्याप्त लगानी, नयाँ प्रविधिकाे जडान, कच्चा पदार्थकाे पर्याप्त उपलब्धता, कम लागतमा गुणस्तरीय र ठुलाे परिणाममा उत्पादन, उत्पादनकाे प्रभावकारी बजारीकरण जस्काे लागि प्रर्याप्त लगानी र कुशल व्यवस्थापनकाे स्पष्ट खाका आवश्यक छ । हिजाे नेपाली बजार विशेष गरि भारतीय उत्पादनसंग प्रतिस्पर्धा गरे पुग्थ्याे, तर आज चीनसहित तेस्राे मुलुककाे उत्पादनसंग हाम्राे उत्पादनले प्रतिस्पर्धा गर्नुपर्छ ।

बन्द उधाेग सञ्चालन गर्ने, जिर्ण उधाेगकाे थप व्यवस्थापन गर्ने र नयाँ नयाँ उधाेग सञ्चालन गर्नुपर्छ भन्नेमा कसैकाे दुई मत हुनसक्दैन । स्वदेशमा उत्पादन बढाउने, सके निर्यात गर्ने, नसके पनि स्वदेशी उत्पादनले आत्मनिर्भर हुने, आयातलाई प्रतिस्थापन गर्ने, स्वदेशमा नै उत्पादन, आम्दानी र राेजगारीकाे सृजना गर्ने कार्यकाे काेही विराेधी हुनसक्दैन । सबैले असल कार्यमा सहयाेग पुर्याउनु पर्छ ।

तर,

१ सय बुँदा १ सय दिनमा पूरा गर्छु भनेर सरकार आफैले घाेषणा गरेकाे प्रतिबद्वता १० प्रतिशत पनि पूरा गर्न सकेकाे छैन ।आफैँले तयार र घाेषणा गरेकाे प्रतिबद्वता पूरा नगर्ने सरकारले पुरानाे प्रविधिबाट उत्पादन परिक्षण उधाेग सञ्चालन हाेईन हाेहल्लामा मात्र सिमित हुनेछ । अर्थात् माथी उल्लेखित कार्य विना गरिएकाे हाेहल्ला सरकारप्रति बढ्दै गईरहेकाे विकर्षणलाई मत्थर बनाउन र जनताकाे ध्यान आफूतिर तान्ने रणनीति बाहेक केही हुन सक्दैन ।

त्यसैले, निर्धक्क भएर भन्छाैँ,
झुटाे टिक्दैन, सत्य डग्दैन ।
हिम्मत हुनेले तर्कसंगत बहस गर्नुपर्छ ।
सत्यकाे अगाडि तिम्रा गालीका बर्षाहरू पानीकाे फाेका जस्तै फुट्नेछन् ।