२८ आश्विन २०८३, बुधबार

सिरियाका पूर्वराष्ट्रपति बसर अल–असद र उनका भाइलाई मृत्युदण्डको सजाय

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिरियाली अदालतले देशका पूर्वराष्ट्रपति बसर अल–असद र उनका कान्छा भाइ माहेर अल–असदलाई मृत्युदण्डको सजाय सुनाएको छ ।

उनीहरुलाई मानवताविरुद्धको अपराध र युद्ध अपराधसम्बन्धी मुद्दाहरूमा अदालतले मृत्युदण्डको सजाय सुनाइएको हो । अदालतले उनीहरूको अनुपस्थितिमा उक्त सजाय सुनाएको हो ।

सोही मुद्दामा बसर अल–असदका नातेदार आतिफ नजिबलाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ । आतिफलाई सन् २०२५ को जनवरीमा पक्राउ गरिएको थियो ।

नजिब सिरियाली सेनाका पूर्व ब्रिगेडियर जनरल समेत हुन् । सन् २०११ मा उनी दारा प्रान्तस्थित राजनीतिक सुरक्षा शाखाका प्रमुख थिए । अदालतमा मुद्दाको सामना गर्ने असद सरकारका उच्चपदस्थ अधिकारीहरूमध्ये उनी एक हुन् ।

उक्त सजाय सिरियाको नयाँ अन्तरिम सरकारले पूर्व असद शासनका अधिकारीहरू र त्यसको सुरक्षा संयन्त्रसँग जोडिएका व्यक्तिहरूविरुद्ध सुरु गरेको कानुनी कारबाहीको एक हिस्सा हो ।

बसर हाल सिरियामा छैनन् । सन् २०२४ को डिसेम्बरमा सरकार ढलेपछि बसर र माहेर आफ्नो परिवारसहित रुस भागेका थिए ।

रुसले उनीहरूलाई मस्कोमा शरण दिएको छ ।