काठमाडौं । पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिम पहिरोमा परेर ज्यान गुमाएका थप तीनजनाको शव नेपाल ल्याइएको छ ।
साउन १४ गते आरोहणका क्रममा हिमपहिरोमा नेपाली र विदेशी गरी १० जना ज्यान गएको थियो। जसमध्ये ६ जना नेपाली थिए।
हिमपहिरोमा ज्यान गुमाएका किलु शेर्पा, निमा शेर्पा र ग्यालु शेर्पाको शव मंगलबार नेपाल ल्याइएको हो। पुरबहादुर गुरुङ (युक्ता) को शव भने यसअघि नै नेपाल ल्याएर अन्त्येष्टि भइसकेको छ ।
कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स दाइ) को शव बेलायत लगिने भएको छ भने नवाङ थिन्दु शेर्पाको शव भने नेपाल ल्याउन बाँकी छ।













प्रतिक्रिया