२८ आश्विन २०८३, बुधबार

शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न आदेश

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । व्यवसायी शेखर गोल्छालाई एक करोड धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

विशेष अदालत काठमाडौंको इजलास नम्बर १ का अध्यक्ष बासुदेव आचार्य तथा सदस्यद्वय हेमन्त रावल र विदुर कोइरालाको इजलासले सम्पत्ति शुद्धीकरण मुद्दामा नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष गोल्छालाई १ करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।

गोल्छाविरुद्ध नेपाल सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो। अभियोगपत्रमा उनलाई हिमालयन रिइन्स्योरेन्स कम्पनीको अध्यक्षको हैसियतमा कम्पनीको रकम ब्रोकर नम्बर ५५ मार्फत् शेयर खरिदमा प्रयोग गरेको तथा व्यक्तिगत रूपमा समेत ठूलो रकम उपलब्ध गराएको आरोप छ।

हिमालयन रिइन्स्योरेन्सको तर्फबाट २ अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० रुपैयाँ ३ पैसा तथा व्यक्तिगत रूपमा ५२ करोड ५० लाख रुपैयाँ ब्रोकर नम्बर ५५ मा पठाइएको अभियोगपत्रमा उल्लेख छ ।