काठमाडौं । बलिउडका चर्चित अभिनेता गोविन्दा पछिल्लो समय आफ्नो व्यक्तिगत सम्बन्धलाई लिएर चर्चामा छन् ।
अभिनेत्री कोमल रानीसँग उनको पछिल्लो भेटघाट सार्वजनिक भएपछि गोविन्दा र उनकी पत्नी सुनिता आहुजाबीचको सम्बन्धलाई लिएर फेरि चर्चा चुलिएको हो ।
हालै मुम्बईमा गोविन्दा कोमलसँग देखिएपछि उनीहरूको सम्बन्धबारे विभिन्न अड्कलबाजी भइरहेका बेला सुनिताले भने सार्वजनिक रूपमा नै असन्तुष्टि व्यक्त गरेकी हुन् ।
सोमबार एक पापाराजीले सुनितालाई गोविन्दा कोमलसँग देखिएको र उनीहरूबीच कुनै चलचित्रको प्रमोशन सुरु भएको हो भनेर प्रश्न गरेका थिए ।
सोमबार एक पापाराजीले सुनितालाई गोविन्दा कोमलसँग देखिएको र उनीहरूबीच कुनै चलचित्रको प्रमोशन सुरु भएको हो भनेर प्रश्न गरेका थिए । जवाफमा सुनिताले गोविन्दाको पछिल्लो व्यवहारप्रति तीखो टिप्पणी गरिन् ।
उनले भनिन्, ‘एउटा भनाइ छ नि विनाशकाले विपरीत बुद्धि । साँच्चै नै उसको बुद्धि भ्रष्ट भइसकेको छ । त्यसैले त ऊ यस्तो सब गरिरहेको छ । अब अरू के नै भन्न बाँकी छ र ?’
गोविन्दाको विषयमा प्रतिक्रिया माग्दा सुनिताले आफूले बोल्दा उल्टै ट्रोल हुने गरेको बताइन् ।

‘मैले बोल्दा मलाई नै ट्रोल गरिन्छ । म चाहन्छु, यसको जवाफ गोविन्दाका फ्यानहरु र मिडियाले दिऊन् । मलाई नसोधिदिनुहोस् । मलाई यस विषयमा कुनै चासो छैन । यसबारे त उनका फ्यानहरूले नै जवाफ दिनुपर्छ,’ उनले भनिन् ।
सुनिताले आफूले सत्य बोल्दा गाली खानुपरेको गुनासो पनि गरिन् ।
‘जब म सत्य बोल्छु, सबैले मलाई गाली गर्छन् । त्यसैले अब यो सब देखिरहेकाहरूले नै भन्नुपर्छ– गोविन्दा सही हुन् वा म । म अब यस विषयमा थप कुरा गर्न चाहन्नँ । जे सुकै होस्, मलाई वास्ता छैन,’ सुनिताले भनिन् ।
‘जब म सत्य बोल्छु, सबैले मलाई गाली गर्छन् । त्यसैले अब यो सब देखिरहेकाहरूले नै भन्नुपर्छ– गोविन्दा सही हुन् वा म । म अब यस विषयमा थप कुरा गर्न चाहन्नँ । जे सुकै होस्, मलाई वास्ता छैन,’ सुनिताले भनिन् ।
उनले गोविन्दाले केही गर्नैपर्ने भए पनि आफ्नो विगतको स्ट्यान्डर्डअनुसार गर्नुपर्ने बताइन् ।
‘यदि उनले केही गर्नैपर्ने थियो भने आफ्नो स्ट्यान्डर्डअनुसार गर्नुपर्थ्यो । उनले कस्तो घटिया स्ट्यान्डर्ड देखाइरहेका छन् यो उनको पहिलेको स्ट्यान्डर्ड नै होइन । यो गोविन्दाको स्ट्यान्डर्ड हुँदै होइन,’ सुनिताले भनिन् ।
कोमलसँगको भेटले फेरि बढायो चर्चा
हालै गोविन्दा विमानस्थलमा अभिनेत्री कोमलसँग देखिएका थिए । त्यसपछि उनीहरूको सम्बन्धलाई लिएर बलिउड वृत्तमा चर्चा बढेको हो ।
सुनिताले यसअघि पनि ‘कोमल’ नामप्रति नै असन्तुष्टि व्यक्त गरेकी थिइन् । मिस मालिनीलाई दिएको अन्तर्वार्तामा गोविन्दाको कथित प्रेमसम्बन्धबारे चलेका हल्लाबारे बोल्दै उनले युवावस्थामा गल्ती हुन सक्ने भए पनि ६३ वर्षको उमेरमा यस्ता कुरा सुन्नु उचित नभएको बताएकी थिइन् ।
त्यस क्रममा सुनिताले भनेकी थिइन्, ‘यो नाम गडबडी छ । मलाई कोमल नाम मन पर्दैन । कोमल नामकी एउटी मान्छे छिन्– कोही एक्सवाईजेड व्यक्ति । मलाई उनी मन पर्दैन ।’
गोविन्दासँगै बलिउडमा डेब्यू गर्दै कोमल
अभिनेत्री कोमल गोविन्दाको आफ्नै ब्यानरमा निर्माण भइरहेको चलचित्रमार्फत बलिउडमा डेब्यू गर्ने तयारीमा रहेको बताइएको छ । सात वर्षपछि चलचित्र क्षेत्रमा पुनरागमन गर्न लागेका गोविन्दाले कोमललाई आफ्नो आगामी चलचित्रमा अवसर दिएका हुन् ।
यससँगै कोमल गोविन्दाको अर्को चलचित्र ‘दुनियादारी’ मा पनि देखिने चर्चा छ ।
जुलाईमा आगामी चलचित्र ‘रूपा’को पत्रकार सम्मेलनमा गोविन्दाले कोमललाई मिडियासमक्ष चिनाएका थिए । त्यस क्रममा उनले कोमलको प्रशंसा गर्दै चलचित्र हेरेपछि दर्शकले उनलाई प्रतिभाशाली अभिनेत्रीका रूपमा चिन्ने दाबी गरेका थिए ।
पत्नी सुनिताको टिप्पणीप्रति गोविन्दाको यस्तो जवाफ
यसैबीच, सुनिताले आफूमाथि गरेको टिप्पणीप्रति गोविन्दाले प्रतिक्रिया दिएका छन् ।
एएनआईसँग कुरा गर्दै गोविन्दाले पत्नी सुनितासँगको सम्बन्धबारे आफूलाई निकै स्नेहपूर्वक हप्काउने गरेको र उनकै हातबाट पस्किएको खाना खाने गरेको बताएका थिए ।
गोविन्दाले भनेका छन्, ‘उनी मलाई निकै स्नेहपूर्वक हप्काउँछिन् र म उनकै हातबाट पस्केको खाना पनि खान्छु ।’
उनका अनुसार जीवनमा मानिसहरूले पाउने भूमिका र स्थानका कारण नै सफलता सम्भव हुने गर्छ । त्यसैले सम्बन्धमा दूरी सिर्जना गर्न आरोपप्रत्यारोप आवश्यक नरहेको उनको भनाइ थियो ।
‘धेरै कुराहरू यस्ता हुन्छन्, जुन कुरा भन्न सकिँदैन । के दूरी बढाउनकै लागि आरोपप्रत्यारोप लगाउनु साँच्चै आवश्यक छ र ? तैपनि मानिसहरू यसलाई सजिलो ठान्छन्,’ गोविन्दाले भने ।
‘धेरै कुराहरू यस्ता हुन्छन्, जुन कुरा भन्न सकिँदैन । के दूरी बढाउनकै लागि आरोपप्रत्यारोप लगाउनु साँच्चै आवश्यक छ र ? तैपनि मानिसहरू यसलाई सजिलो ठान्छन्,’ गोविन्दाले भने ।
उनले प्रश्न गर्दै भने, ‘के सफलता हासिल गर्न आफ्नै मानिसहरूको नराम्रो कुरा गर्नु आवश्यक छ ?’
गोविन्दाका अनुसार सुनिताले पहिले प्रशंसा गर्ने र त्यसपछि कमजोरी औंल्याउने उनको शैली रहेको छ ।
‘सुनिता पहिले प्रशंसा गर्छिन् र त्यसपछि कुनै कमीकमजोरी औंल्याउँछिन् । मलाई त्यो तरिकामा बढी माया झल्केको देखिन्छ,’ उनले भने ।













प्रतिक्रिया