२८ आश्विन २०८३, बुधबार

रवि र बालेन सत्तामा पुगेपछि भ्रमको पर्दा उघार्दै जनताले यथार्थ बुझ्न पाए : महासचिव पोखरेल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बालेन शाह र रवि लामिछाने सत्तामा पुगेपछि जनताले यथार्थ बुझ्ने अवसर पाएका बताएका छन् ।

सामाजिक सञ्जालमार्फत यसअघि राजनीतिक वृत्तमा अनेक भ्रमका खेती भएकामा बालेन र रवि नै सत्तामा पुगेपछि जनताले यथार्थ बुझ्न पाएका बताएका हुन् ।

यो कुरा नकरात्मकताभित्रको सकारात्मकता रहेको उनको भनाइ छ।

उनले लेखेका छन्, ‘बालेन र रविहरूको हातमा सत्ताको बागडोर नपुगुन्जेल राजनीतिक वृत्तमा अनेकौं ‘भ्रम’ र ‘सपना’हरूको खेती तीव्र थियो । तर, उनीहरू स्वयम् सत्ताको कुर्सीमा पुगेपछि भने आम जनताका अगाडि भ्रमका पर्दाहरू उघ्रिँदै जाने र यथार्थ बुझ्ने उपयुक्त आधार तयार भएको छ।,’