२८ आश्विन २०८३, बुधबार

इरानको डरले ट्रम्पको गोप्य उडान : ‘एयर फोर्स वान’मा चढेर केही समयमै ओर्लिए, क्याटरिङ गाडीमार्फत अर्को विमान सरे

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सुरक्षाबारे हालै एक आश्चर्यजनक खुलासा भएको छ ।

अमेरिकी पत्रिका द वासिङ्टन पोस्टको एक रिपोर्टले दाबी गरेअनुसार, गत महिना टर्कीबाट फर्कने क्रममा ट्रम्पलाई इरानबाट हत्याको धम्की आएको थियो ।

धम्कीलाई यति गम्भीर मानियो कि ‘एयर फोर्स वान’मा चढिसकेका राष्ट्रपति ट्रम्पले गोप्य रूपमा एउटा सानो सैन्य विमानमा सरे ।

 

धम्कीलाई यति गम्भीर मानियो कि ‘एयर फोर्स वान’मा चढिसकेका राष्ट्रपति ट्रम्पले गोप्य रूपमा एउटा सानो सैन्य विमानमा सरे । साथै, सञ्चारमाध्यमहरुलाई पनि ट्रम्प ठूलो विमान ‘एयर फोर्स वान’मै सवार छन् भन्ने विश्वास दिलाइएको थियो ।

वासिङ्टन पोस्टको समाचार अनुसार, ट्रम्पले नेटो शिखर सम्मेलनमा सहभागी भएपछि ८ जुलाईमा अंकारा विमानस्थलमा ‘एयर फोर्स वान’मा प्रवेश गरे । तर, विमानमा चढिसकेको केही मिनेटपछि नै उनलाई खाना ओसारपसार गर्ने क्याटरिङ गाडीमा राखेर गोप्य रूपमा लगियो । त्यसपछि ट्रम्पलाई सी–३२ए नामक सानो सैन्य विमानमा सारियो, जसले उनलाई बेलायत पुर्‍यायो ।

ट्रम्पलाई बोकेको सी–३२ए विमान उक्त रात करिब १०ः२० बजे बेलायतको मिल्डेनहल पुगेको थियो भने त्यसको केही समयपछि पत्रकारहरूलाई बोकेको एयर फोर्स वान पनि त्यहाँ पुगेको थियो ।

एयर फोर्स वानमा यात्रा गरिरहेका पत्रकारहरूले राष्ट्रपति ट्रम्प पनि आफूहरूसँगै विमानमा छन् भन्ने ठानेका थिए ।

 

एयर फोर्स वानमा यात्रा गरिरहेका पत्रकारहरूले राष्ट्रपति ट्रम्प पनि आफूहरूसँगै विमानमा छन् भन्ने ठानेका थिए ।

समाचार अनुसार, ह्वाइट हाउसका केही अधिकारीहरूलाई समेत यस विषयमा जानकारी थिएन । विमानमा सवार पत्रकारहरूलाई उडानका क्रममा प्रेस क्याबिनका झ्यालका पर्दाहरू बन्द गर्न निर्देशन दिइएको थियो । उक्त निर्देशनहरू सामान्यतया युद्धग्रस्त क्षेत्र वा गम्भीर सुरक्षा खतरा भएका परिस्थितिहरूमा जारी गरिन्छन् ।

अमेरिकी प्रशासनले यसबारे सार्वजनिक रूपमा पुष्टि गरेको छैन, तर द न्युयोर्क टाइम्स लगायतका विभिन्न अमेरिकी सञ्चारमाध्यमले यसअघि नै यो जानकारी दिएका थिए कि इरान समर्थित समूहहरूबाट हुनसक्ने सम्भावित खतरासम्बन्धी गुप्तचर सूचनापछि ट्रम्पको भ्रमण योजनामा ​​परिवर्तन गरिएको थियो ।