१ कार्तिक २०८३, शनिबार

सरकारलाई सर्वोच्चको दनक : स्काउटका निर्वाचित समिति विघटन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सर्वोच्च अदालतले सरकारको निर्णयमा झापड हानेको छ ।

न्यायाधीस बालकृष्ण ढकालको एकल इजलासले नेपाल स्काउटका निर्वाचित समिति विघटन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको हो ।

२०८३ साउन ५ गते शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले स्काउटका राष्ट्रिय, प्रदेश र स्थानीय परिषद् तथा कार्यकारी समितिहरू विघटन गर्ने निर्णय गरेका थिए ।

उक्त निर्णयविरूद्व नेपाल स्काउटको तत्कालीन राष्ट्रिय परिषद् सदस्य रवि खनालसहित ५ जनाले सर्वोच्चमा रिट दायर गरेका थिए। सर्वोच्चले भदौ ३ गते दुवै पक्षलाई छलफलका लागि पनि बोलाएको छ ।