२८ आश्विन २०८३, बुधबार

‘पार्वती’को गीत ‘मेरो दिदी’ रिलिज

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को लिरिकल गीत ‘मेरो दिदी’ सार्वजनिक भएको छ । निर्माण टिमले सोमबार ओएसआर युट्युब च्यानलमार्फत यो गीत रिलिज गरेको हो ।

गीतमा बाबुल गिरीको शब्द संगीत तथा स्वर रहेको छ । साथै, स्वरमा अशोक दर्जीको पनि छ । उनी यस फिल्मको अभिनेता पनि हुन् ।

सार्वजनिक गरिएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार नीता ढुङ्गाना र अशोक दर्जीको अभिनय छ ।

कारुणिक भाव व्यक्त गरिएको यो गीतमा दिदीभाइको माया पोखिएको छ । रक्षाबन्धनका समयमा दिदीभाईको माया गाँसिएको कुराले दर्शकलाई भावुक बनाउन सक्छ ।

नीताकै निर्देशनमा बनेको यस फिल्मको मुख्य भूमिकामा नीता र अशोक दर्जी रहेका छन् । नीता र अशोकका साथमा फिल्ममा दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल,दिप्त प्रकाश अधिकारी लगायतको मुख्य अभिनय रहेको छ ।

निर्देशक नीताकै कथा तथा पटकथा रहेको यस फिल्मको स्क्रिप्ट भने शिवम् अधिकारीले लेखेका हुन् । सुदीप बरालको छायांकन रहेको यस फिल्मको नृत्य निर्देशन रामजी लामिछानेको छ ।

फिल्मको प्रोडक्सन म्यानेजर र कार्यकारी निर्माता शंकर पाण्डे हुन् भने निर्मातामा हरिहर अधिकारी रहेका छन् । फिल्मको सम्पादन तथा टिजर र ट्रेलर साहिल खानले तयार पार्नेछन् । रोयल भीमसेनले पोस्टर डिजाइन गरेको यस फिल्मको वितरणको जिम्मा एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले लिएका छन् । साथै, फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ ।