३० आश्विन २०८३, शुक्रबार

नाट्टा जिस्वा टोली पोखरामा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को आगामी निर्वाचनका लागि अध्यक्ष पदका उम्मेदवार जिस्वा तुलाधर श्रेष्ठ नेतृत्वको प्यानल टोली पर्यटकीय राजधानी पोखरा पुगेको छ ।

साउन २९ गते हुने नाट्टाको ५९ औं वार्षिक साधारणसभा तथा २५ औं कार्यसमिति निर्वाचनलाई लक्षित गर्दै टोलीले पोखरामा नाट्टा गण्डकीसँग अन्तरक्रिया गरेको हो ।

अन्तरक्रियामा नाट्टा निर्वाचन, विधानको समयसापेक्ष कार्यान्वयन तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन लगायत विषयमा छलफल भएको थियो ।

त्यसैगरी, निर्माण सम्पन्न भएर पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न सरकार तथा सम्बन्धित निकायले ठोस पहल गर्नुपर्ने माग गरिएको छ।

आगामी नाट्टा निर्वाचनमा नाट्टा गण्डकीले जिस्वा नेतृत्वको प्यानललाई पूर्ण समर्थन गर्ने प्रतिबद्धता जनाएको छ । पर्यटन क्षेत्रको विकास र व्यवसायीका समस्या समाधानका लागि स्पष्ट दृष्टिकोण भएको नेतृत्व आवश्यक रहेको भन्दै गण्डकी टोलीले श्रेष्ठको प्यानललाई सहयोग गर्ने जनाएको हो ।