२८ आश्विन २०८३, बुधबार

एक बच्चाको जिद्दी कारण पूरै उडान रद्द, २४ घण्टासम्म यात्रुलाई सास्ती

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उडान रद्द हुनु कुनै नयाँ कुरा होइन । खराब मौसम या प्राविधिक समस्याका कारण उडानहरू प्रायः रद्द हुने गर्छ । तर के तपाईंले कहिल्यै सुन्नुभएको छ कि कुनै बच्चाको जिद्दीका कारण उडान रद्द गरियो ?

यो घटना एउटा बच्चाको सुरक्षासँग जोडिएको जिद्दीपनको थियो । सुन्दा अनौठो लाग्न सक्छ, तर वास्तवमै यस्तै भयो । क्यानडामा एउटा सानो बच्चाले नियम मान्न गरेको जिद्दीपूर्ण इन्कारका कारण पूरै उडान रद्द गर्नुपरेको हो ।

एक सानो बच्चाले सिटबेल्ट नलगाएका कारण पोर्टर एयरलाइन्सको उडान रद्द गर्नुपरेको हो ।

उक्त घटना गत ६ अगस्ट बिहीबार राति ब्रिटिश कोलम्बियाको भिक्टोरिया अन्तर्राष्ट्रिय विमानस्थलको हो ।

उडान पीडी४४४ भिक्टोरियाबाट टोरन्टोका लागि तय गरिएको थियो, तर उड्नुभन्दा ठीक अघि ती बालबालिकाले सिटबेल्ट बाँध्न अस्वीकार गरे ।

चालक दलका सदस्यहरू र ती बच्चाका अभिभावकहरूले उनलाई मनाउने निकै प्रयास गर्दा पनि सफल भएनन् । त्यसपछि उडान नै रद्द गर्नुपर्‍यो र विमान टर्मिनलमा फर्कनुपर्‍यो ।

पोर्टर एयरलाइन्सले जनाएअनुसार, यस्तो अवस्थामा उडान भर्ने अनुमति दिन सकिँदैनथ्यो । बालक आफ्नो सिटमा सुरक्षित रूपमा बस्नु अनिवार्य थियो । त्यसैले, चालक दलले विमानलाई टर्मिनलमै फर्काउने निर्णय गर्‍यो ।

चालक दलसँग अर्को विकल्प पनि थियो, ती बालक र उनका अभिभावकलाई उतै छोडिदिने । तर, विमानलाई गेटसम्म ल्याउँदा, उनीहरू र उनीहरूको सामान ओराल्दा तथा आवश्यक कागजी प्रक्रिया पूरा गर्दा धेरै ढिलो भइसकेको थियो किनकी भिक्टोरिया विमानस्थल राति १२ः३० बजे बन्द भइसकेको थियो ।

उक्त घटनाका कारण जहाजमा सवार यात्रुहरूले निकै सास्ती बेहोर्नुपर्‍यो र भिक्टोरियामा रात बिताउनुपर्‍यो । एयरलाइन्सले यात्रुहरूलाई परेको असुविधाका लागि माफी माग्दै यात्रुहरूका लागि भोलिपल्टको उडानको व्यवस्था गरेको थियो ।

उडान ट्र्याकिङ वेबसाइट फ्लाइटअवेयरका अनुसार, उक्त उडान शुक्रबार राति १०ः४९ बजे भिक्टोरियाबाट प्रस्थान गर्‍यो र भोलिपल्ट बिहान ६ः१६ बजे टोरन्टो पुगेको थियो ।