१ कार्तिक २०८३, शनिबार

मुस्लिम आयोगको प्रतिबेदन राष्ट्रपति समक्ष पेश

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष मुस्लिम आयोगले आफ्नो बार्षिक प्रतिवेदन पेश गरेको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रमका बीच आयोगका माननीय कार्यवाहक अध्यक्ष महमदिन अलीले आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

नेपालको संविधानको धारा २९४ मा संवैधानिक आयोगहरूको बार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्ने व्यवस्था रहेको छ ।

सो अवसरमा राष्ट्रपति पौडेलले आयोगले सम्पुर्ण मुस्लिम समुदायको हकहित संरक्षण तथा मुस्लिम समुदायको सशक्तिकरणका सम्बन्धमा संवैधानिक तथा कानुनी व्यवस्था कार्यान्वयन भए नभएको विषय अध्ययन गरि नेपाल सरकारलाई सुझाव दिने काम मार्फत संविधानले सुनिश्चित गरेका समान अवसर र सामाजिक न्याय तथा सम्मानजनक सहभागिताको कार्यान्वयनमा विशेष योगदान पु¥याएको उल्लेख गरे।