दोहा । प्रवासी नेपाली मञ्च कतारको अध्यक्षमा अफसर अली खान सर्वसम्मत निर्वाचित भएका छन् ।
कतार कमिटीको ८ औं अधिवेशनले मोरङका खानको नेतृत्वमा १८ सदस्सीय नयाँ कमिटी चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा शेषराज तिमिल्सिना (पर्वत), सचिवमा रघुनाथ शर्मा (पर्वत), उपसचिवमा निराजन गौतम (बागलुङ) निर्वाचित भएका छन् ।
यस्तै, सदस्यहरुमा निरन नेपाल (सुनसरी), गोपाल खतिवडा (सुनसरी), प्रेमकुमार बस्नेत (सुनसरी), दीप भित्रीकोटी (मोरङ), डोलेन्द्र विक (झापा), तैकिर आलम (महोत्तरी), मो. असलम साफी (धनुषा), श्यामप्रसाद पाण्डे (पर्वत), लोकेन्द्र सिग्देल (स्याङ्जा), भेष गुरुङ (कास्की), संजोक गौतम (स्याङ्जा), आनन्द जिसी (पर्वत), समुन्द्र खड्का (प्युठान) चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष खानले प्रवासमा रहेका नेपाली श्रमिक, पीडित तथा समस्यामा परेका नेपालीलाई समान दृष्टिले हेर्दै उनीहरूको पक्षमा प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै शुभेच्छुकहरूले कतारमा रहेका नेपाली श्रमिकका समस्या समाधान गर्न, पीडित नेपालीको पक्षमा आवाज उठाउन तथा प्रवासी नेपालीबीच एकता र सहकार्यलाई थप बलियो बनाउन नयाँ नेतृत्वले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।











प्रतिक्रिया