२८ आश्विन २०८३, बुधबार

प्रवासी नेपाली मञ्च अमेरिका महादेशको अध्यक्षमा यमुना भट्टराई निर्वाचित

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । प्रवासी नेपाली मञ्च (ओएनएफ) अमेरिका महादेश कमिटीको अध्यक्षमा यमुना भट्टराई निर्वाचित भएकी छन् ।

आइतबार सम्पन्न प्रथम अधिवेशनबाट टेक्सास निवासी नेतृ भट्टराई सर्वसम्मत रूपमा अध्यक्ष निर्वाचित भएकी हुन् । कमिटीको उपाध्यक्षमा एकनारायण सुवेदी, सचिवमा पूर्ण खड्का, उपसचिवमा केदार पहाडी चयन भएका छन् ।

यसैगरी, सदस्यहरुमा क्षत्रकुमारी गुरूङ, कृष्ण भण्डारी, रेशम घर्ती, डम्बर थापा सिंजाली मगर, राज थापा, सुजित खड्का र भानु सापकोटा चयन भएका छन् ।

नेकपा (एमाले)का नेता काशीनाथ अधिकारीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनको उद्घाटन शत्रमा एमाले केन्द्रीय सदस्य तथा ओएनएफका निवर्तमान अध्यक्ष सञ्जय थापा, प्रवासी नेपाली मञ्चका उपसचिव प्रभुराम थापा, सचिवालय सदस्य कुन्ती थापा लगायतका नेताहरुले बदलिएको परिस्थितिमा ओएनएफको भूमिकाबारे सविस्तार धारणा राखेका थिए ।