१ कार्तिक २०८३, आइतबार

तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले चाँडै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच भएको तीनबुँदे सहमतिअनुसार मन्त्रिपरिषद् गठन हुने उनले बताए ।

मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् विस्तारबारे प्रदेशमा छलफल जारी रहेको र सहमतिको चरणमा आफूहरू पुगेको बताए । उनले भने, ‘केही दिनमा मन्त्रिपरिषद्ले पूर्णता पाउँछ ।’

सातै प्रदेशमा तीनबुँदे सहमतिअनुसार दुवै दल अघि बढ्नुपर्ने भएकाले मन्त्रिपरिषद् विस्तारमा केही समय लागेको उनको तर्क छ ।

मन्त्रिपरिषद् विस्तारमा केही समय लागे पनि सरकारी काम नरोकिएका उनले स्पष्ट गरे ।

नेकपा (एमाले)को समर्थनमा यही साउन १२ गते उनी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।