काठमाडौं । मध्यपूर्व युद्धपछि इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको पहिलो भिडियो सार्वजनिक भएको छ ।
उक्त भिडियो इरानी समाचार संस्था मेहरले सार्वजनिक गरेको हो ।
भिडियोमा सर्वोच्च नेता मोज्तबा नेताहरूको बीचमा भुइँमा बसेर उनीहरूसँग कुराकानी गरिरहेको देखिन्छन् ।
सर्वोच्च नेता बनेयताको यो उनको पहिलो भिडियो भएको बताइएको छ । तर, यो भिडियो कहिले रेकर्ड गरिएको थियो भन्नेबारे कुनै जानकारी दिइएको छैन ।
पछिल्ला केही दिनयता उनको स्वास्थ्य अवस्थाबारे विभिन्न दाबीहरू बाहिर आइरहेका थिए ।
पछिल्ला केही दिनयता उनको स्वास्थ्य अवस्थाबारे विभिन्न दाबीहरू बाहिर आइरहेका थिए ।
विभिन्न स्रोतहरूलाई उद्धृत गर्दै इजरायली च्यानल १४ ले उनको अवस्था गम्भीर रहेको र उनलाई अस्पताल भर्ना गरिएको दाबी गरेको थियो ।











प्रतिक्रिया