१ कार्तिक २०८३, आइतबार

भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै प्रधानमन्त्री बालेन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले नेपालका लागि भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री साहले सोमबार सिंहदरबारमा उनीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम तय भएको हो ।

प्रधानमन्त्री बनेपछि साहले विदेशी राजदूतहरूलाई पहिलोपटक एक्लाएक्लै भेट दिन लागेका हुन् । यसअघि प्रोटोकल नमिलेको भन्दै उनले राजदूतहरूसँग व्यक्तिगत भेट गर्न अस्वीकार गर्दै आएका थिए ।

प्रधानमन्त्री साहले यसअघि विदेशी राजदूतहरूसँग दुईपटक सामूहिक रूपमा शिष्टाचार भेटवार्ता गरेका थिए ।