१ कार्तिक २०८३, आइतबार

झापामा हात्तीपीडितलाई दुई करोड क्षतिपूर्ति

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा । झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब दुई करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

डिभिजन वन कार्यालय झापाले आर्थिक वर्ष २०८२/८३ मा हात्तीपीडितलाई एक करोड ९९ लाख ९० हजार ६८६ रुपैयाँ राहत वितरण गरेको हो ।

कार्यालयका अनुसार हात्तीको आक्रमणबाट यस अवधिमा छ जनाको मृत्यु भएको थियो भने १७ जना सख्त घाइते भएका थिए ।

मृतकका परिवारलाई जनही १० लाख रुपैयाँका दरले ६० लाख रुपैयाँ र सख्त घाइतेलाई २६ लाख ६० हजार ८६२ रुपैयाँ राहत दिइएको कार्यालय प्रमुख नथुनी गोइवार यादवले जानकारी दिए ।

त्यस्तै, १५ पशुधनमा क्षति पुगेबापत एक लाख ५० हजार रुपैयाँ, १९१ वटा भण्डारण गरेको अन्नको क्षति भएबापत १५ लाख २० हजार २६४ रुपैयाँ, २६८ घरगोठमा क्षति भएबापत ४२ लाख ५४ हजार ५६० रुपैयाँ र अन्नबालीको क्षति भएबापत ५४ लाख पाँच हजार रुपैयाँ क्षतिपूर्ति वितरण गरिएको कार्यालयले जनाएको छ ।