२८ आश्विन २०८३, बुधबार

होलिडे रातमा रास्वपा सांसद पाण्डेको स्टाटस– नाङ्गै जल्ने छु

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजुनाथ पाण्डेले सामाजिक सञ्जालमा ‘नाङ्गै जन्मेको थिएँ, नाङ्गै जल्ने छु’ भन्दै स्टाटस लेखेका छन् ।

काठमाडौं–३ बाट निर्वाचित सांसद पाण्डेले शनिबार राति उक्त छोटो स्टाटस लेखेका हुन् । उनले उक्त स्टाटसको सन्दर्भ भने खुलाएका छैनन् ।

उनको पोस्टमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले विभिन्न प्रतिक्रिया दिइरहेका छन् ।

कतिपयले पाण्डेको अभिव्यक्तिलाई राजनीतिक गतिविधि र विगतका भूमिकासँग जोडेर व्यंग्य गरेका छन् । एक प्रयोगकर्ताले ‘के भयो आजै’ भन्दै प्रतिक्रिया दिएका छन् भने अर्काले ‘राति किन जल्नुपर्‍यो, बिहान उज्यालो हुने होइन र माननीयज्यू ?’ भन्दै कटाक्ष गरेका छन् ।

त्यस्तै, अर्का प्रयोगकर्ताले ‘तपाईंलाई त सुकुम्बासीले गाड्ने कुरा पो गर्दै थिए, कता जल्ने भन्नुभा माननीयज्यू’ भन्दै व्यंग्य गरेका छन् । केहीले भने पाण्डेको अभिव्यक्तिलाई समर्थन गर्दै ‘साह्रै राम्रो कुरा’ र ‘तीतो यथार्थ’जस्ता प्रतिक्रिया दिएका छन् ।

एक प्रयोगकर्ताले पदभन्दा प्रतिष्ठा ठूलो हुने भन्दै जनताको काममा लाग्न सुझाव दिएका छन् ।

अर्का प्रयोगकर्ताले पाण्डेको स्टाटसलाई राजनीतिक व्यंग्यसँग जोड्दै ‘देश जलायौ’ भन्दै टिप्पणी गरेका छन् ।

पाण्डेको स्टाटसमा आएका अधिकांश प्रतिक्रियामा उनको अभिव्यक्तिभन्दा पनि राजनीतिक व्यवहार र विगतका गतिविधिमाथि टिप्पणी गरिएको देखिन्छ ।

पाण्डे यसअघि काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख थिए ।

बालेन्द्र साह काठमाडौं महानगरपालिकाका मेयर रहेका बेला नगर प्रहरी प्रमुखको जिम्मेवारीमा रहेका पाण्डेले सार्वजनिक रूपमा आफूलाई ‘बालेनको सिपाही’ भन्ने गरेका थिए ।

प्रधानमन्त्री साहले शुक्रबार राति सामाजिक सञ्जालमा लेखेको स्टाटसको आलोचना भइरहेका बेला पाण्डेले पनि शनिबार राति त्यस्तै छोटो स्टाटस लेखेका हुन् ।