१ कार्तिक २०८३, आइतबार

एलपी ग्यास कालोबजारीको आरोपमा एक जना पक्राउ

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । खाना पकाउने एलपी ग्यास कालोबजारी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–२, दुवाकोटस्थित बारुदखाना चोकमा भाडामा बस्दै आएका ५७ वर्षीय तुलसीराम त्वयना रहेका छन् ।

प्रहरीका अनुसार त्वयनाले उपभोक्तालाई प्रति सिलिन्डर ७ हजार रुपैयाँका दरले ग्यास बिक्री गर्ने गरेको खुलेको छ ।

त्वयनाले ग्यास महँगो मूल्यमा बिक्री गरिरहेको सूचना पाएपछि टोली परिचालन गरी चेकजाँच तथा अनुगमन गरिएको थियो । सो क्रममा उनको साथबाट ३ थान एलपी ग्यास सिलिन्डर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।