काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले लोकतन्त्रको सर्वस्वहरण भएको भन्दै वास्तविक लोकतन्त्रलाई स्थापित गर्न आफूहरुले मोर्चा बनाएको स्पष्ट पारेका छन् ।
आज (शनिबार) काठमाडौंमा आयोजित अग्रगामी मोर्चा घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष साहले पछिल्लो समय नेपाललाई संकटमा लान खोजिएको भन्दै आफूहरु देशलाई अग्रगामी निकास दिन लागिपरेको बताए ।
साहले भने, “उनीहरु अहंकारयुक्त नेपाल चाहन्छन्, तर हामी अहंकारमुक्त नेपाल बनाउन चाहन्छौँ । उनीहरु एकांकी र एकाधिकारपूर्ण राजनीति रुचाउँछन्, तर हामी सह–अस्तित्वमा आधारित सहकार्य चाहन्छौँ । हामी सर्वसत्तावाद होइन, सर्वस्विकार्य शासन चाहन्छौँ । अहिले लोकतन्त्रको सवलीकरण होइन, सर्वस्वहरण भएको छ । त्यसैले हामी वास्तविक लोकतन्त्रलाई स्थापित गर्न चाहन्छौँ ।”
उनले अहिले फेक फेसमार्फत फेक शासन लाद्न खोजिएको भन्दै आफूहरु रियल फेसमार्फत रियल शासन अर्थात् असल आशनको पक्षमा रहेको पनि उल्लेख गरे ।
उनले अहिले फेक फेसमार्फत फेक शासन लाद्न खोजिएको भन्दै आफूहरु रियल फेसमार्फत रियल शासन अर्थात् असल आशनको पक्षमा रहेको पनि उल्लेख गरे । उनले अहिलेको लडाईं विदेशी दलाल भर्सेस राष्ट्रिय स्वाधिनताको भएको उल्लेख गर्दै यो मोर्चाले अराजक तानाशाहबाट देशलाई बचाउने उद्घोष गरे ।
साहले थपे, “यो मोर्चाले प्रतिगमनको प्रतिकार गर्ने विश्वास दिलाउँछु ।”
साहले देश बनाउने शक्तिको स्रोत नै जनता भएपनि छद्यमभेषी र नक्कली शासकहरुको कारण जनता पटक–पटक ठगिएको र लुटिएको स्मरण गराए । नेपालमा ठूला–ठूला क्रान्ति र आन्दोलनहरु भएपनि ती सबै आन्दोलन हाईज्याक (अपहरण) भएको स्मरण गराउँदै साहले अब त्यसको निर्मम समिक्षासहित अघि बढ्नुपर्ने आवश्यकत्ता औंल्याए ।
अध्यक्ष साहले मोर्चाको सिंगो पँक्तिलाई व्यापक दृष्टिकोणसहित एकताबद्ध हुन आह्वान गरे ।
उनले भने, “अहिले आफ्नो पद, आफ्नो पार्टी भनेर होइन, सहअस्तित्वलाई स्विकारेर देशलाई एकताबद्ध गर्ने सोच विकास गर्नुहोस् । टुटफुट र विभाजन होइन, एकता र ध्रवीकरणको राजनीति गरिनुपर्छ । घृणा र विध्वंसको राजनीतिलाई प्रेम, सद्भाव र निर्माणको राजनीतिमा परिणत गर्नुपर्छ ।”
साहले विगतमा गठबन्धनको राजनीति असफल हुनुको कारण पनि स्पष्ट पारेका छन् । उनका अनुसार नेतृत्वमा इमानदारिताको समस्या, वैचारिक स्पष्टताको समस्या, संकिर्णताको समस्या र व्यक्तिवादीको समस्याको कारण विगतमा गठबन्धनको राजनीति सफल नभएको हो । उनले अहिले एकले अर्कोलाई प्रयोग गर्ने सोच त्यागेर बरु एकअर्कालाई जोड्ने संकल्प लिन अपिल गरेका छन् । उनले नेताहरूलाई आपसमा लड्न उक्साउने नभएर एकताबद्ध गर्ने भूमिका खेल्ने संकल्पसहित एउटा नियमित लक्ष्यमा पुग्ने अठोट गर्न पनि विशेष अपिल गरेका छन् ।
देशमा जारी अन्त्यहीन संकटको यात्रालाई ब्रेक गर्न आफूहरुले मोर्चा बनाएको साहको भनाई छ ।
उनले देशको पछिल्लो अवस्था चित्रण गर्ने क्रममा सरकार बदलिए पनि सिच्युवेशन उस्तै रहेको टिप्पणी गरे । उनले भने, “आज देश छोड्ने क्रम रोकिएन, सेवा लिनेको लाइन लागेकै छ । व्यापारी, व्यवसायीहरु पलायन हुँदैछन् । किसान निराश छन् । मूल्यवृद्धि बढेकोबढ्यै छ । देशको अस्तित्व नै संकटमा छ । अब यो संकटको समाधान भनेको नै यही मोर्चा हो ।” सो क्रममा उनले भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको कविताको अंश “छोटे मन से कोही बडा नही होता, टुटे मन से कोही खडा नही होता” पनि साझा गरेका छन् ।
हाम्रो एकता कुनै पद प्राप्तिको लागि होइन, अनि सत्ताको साझिसका लागि पनि होइन, यो मोर्चा संकट समाधानका लागि एउटा महासहकार्य हो ।
साहले आफूहरु नियतवश नमिलेको बरु देशको यही नियतिले आफूहरुलाई मिल्न बाध्य बनाएको स्पष्ट पारे । उनले थपे, “हाम्रो एकता कुनै पद प्राप्तिको लागि होइन, अनि सत्ताको साझिसका लागि पनि होइन, यो मोर्चा संकट समाधानका लागि एउटा महासहकार्य हो । यो मोर्चा सरकार बनाउन र गिराउनको लागि पनि बनेको होइन, न त यो कुनै भागबण्डाको लागि नै हो । यो मुख्यमन्त्री वा मन्त्री बनाउने सहकार्य होइन, न त प्रधानमन्त्री र सभापतिको बाँडफाँड नै हो, यो देश बनाउन पवित्र मनबाट गरिएको प्रयास हो । यो कुनै दुषित दोस्ती होइन । हामी धेरै हिसाब गरेर मिलेको पनि होइन, तर बेहिसाब पनि मिलेका छैनौँ ।”
उनले मोर्चाले हिमालको हित, पहाडको प्रगति र मधेशको मान बढाउने विश्वास दिलाए । उनले आफूहरुको मोर्चा समग्र देशको माया गर्नेहरुको मोर्चा भएको उल्लेख गर्दै यसले लिने निर्णय र चाल्ने कदमको प्रतिक्षा गर्न पनि आग्रह गरे । मोर्चामा आवद्ध नेताहरुको अनुहार र व्यवहारले नै इतिहास बोल्ने साहको भनाई छ ।
उनले भने, “मोर्चाका नेताहरुको अनुहार हेर्नुहोस्, एक से एक इतिहास बोकेर आएकाहरु छौँ, हामी यातनाको लामो यात्रा तय गरेका राजनीतिक यात्रीहरु हौँ । झुक्याएर, लुकेर वा षड्यन्त्र गरेर यहाँसम्म आएका होइनौँ । देश बदालवको लागि शंखनादसहित लडेर यहाँसम्म आएका छौँ । कुनै लहड र लहरमा एक्कासी प्रकट भएका छैनौँ भन्ने कुराको हेक्का रहोस् । हाम्रो नाममा इतिहास लेखिएको छ । अहिले आएकाहरुको किर्तीमान किर्तेमा लेखिएको छ ।”
उनले आफूहरुले लिएको विचार, संकल्प, एजेण्डा र तरिका सबै नयाँ भएकोले यो मार्चो पनि नयाँ भएको दाबी गरे ।
उनले थपे, “यो पूरानोको निरन्तरता होइन, यो क्रमभंग हो । यो मोर्चा होश र जोशसहितको मोर्चा हो । यो मोर्चाको लक्ष्य अर्गानिक छ, त्यसैले यसको आयु पनि लामो छ । मोर्चा लामो नै जान्छ । नेपाल देव भूमी हो, सर्वकल्याण हाम्रो रगतमा छ । अरुको विनास हाम्रो पहिचान होइन ।” आफूहरु समानता र न्यायको लागि लडेकोले देश र जनतालाई असमानता र अन्याय हुन नदिने उद्घोष गरे । उनले आफूहरुको पहिचान नै विभेद र विध्वंशको विरोधी भएको बताए ।















प्रतिक्रिया