काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किने मिति परिवर्तन भएको छ ।
देउवा साउन २८ गते मध्यान्ह साढे १२ बजे काठमाडौं अवतरण हुने तय भएको नेता डा. प्रकाशशरण महत जानकारी दिए । यसअघि देउवा २६ साउन राति ९ः४५ बजे स्वदेश फर्किने जानकारी गराइएको थियो ।
राति काठमाडौं अवतरण हुँदा स्वागत गर्न असहज हुने भएकाले समय परिवर्तन गरिएको बताइएको छ ।
जेनजी आन्दोलनका क्रममा घाइते भएका देउवा फागुन १३ राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए । त्यसपछि उनी ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए ।
कांग्रेसको संस्थापन इतर समूहले २९ साउनदेखि काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने तयारी छ ।













प्रतिक्रिया