१ कार्तिक २०८३, आइतबार

बालेनलाई मनिषको जवाफ– हामी सबै साथमा छौँ, तर सुधार गर्नैपर्ने केही पक्ष छन्

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले प्रधानमन्त्री बालेन साहको पछिल्लो अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै सरकारले आफू एक्लो महसुस गर्नुपर्ने अवस्था नरहेको बताएका छन् ।

शुक्रबार संसद बैठकमा रास्वपाका सांसदहरूले सरकारका कामकारबाही र कार्यशैलीबारे प्रश्न उठाएपछि गएराति फेसबुकमा लेख्दै प्रधानमन्त्री साहले आफू एक्लो महसुस भएको संकेत गरेका थिए ।

‘परिवर्तनको लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन । हामी सबै साथमा छौँ । हिजो सदनमा भनेको झैँ, नियत र आशयमा शङ्का छैन तर सुधार गर्नै पर्ने केही पक्ष छन् ।’ झाले लेखेका छन्, ‘यो महान् ऐतिहासिक अवसर खेर नजाओस् भनेर सजग रहने र सचेत गराउने काम निरन्तर रहनेछ । जन निर्वाचित सरकार जनताको साथमा हुनुपर्छ र म सरकारको साथमा छु । यहाँ कोही एक्लो छैन ।’