काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि अमेरिकी क्रिकेटर हरमित सिंहलाई कप्तानको जिम्मेवारी दिएको छ ।
जनकपुरले शनिबार सामाजिक सञ्चालमार्फत् हरमितलाई अनुबन्धन गरेको घोषणा गर्दै उनलाई कप्तानीको जिम्मेवारी पनि दिएको जानकारी गराएको हो ।
बायाँहाते स्पिनर हरमित अलराउन्डर खेलाडी हुन् ।
उनले एनपीएलको अघिल्ला दुवै संस्करण सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए । दुवै संस्करणमा सुदूरपश्चिमलाई फाइनलसम्म पुर्याउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
भारतीय टोलीबाट सन् २०१२ को यू–१९ विश्वकप उपाधि जितेका हरमित हाल अमेरिकी राष्ट्रिय टोलीका प्रमुख सदस्य हुन् । उनले अमेरिकाका लागि २९ टी–२० अन्तर्राष्ट्रिय खेलमा २४२ रन बनाउनुका साथै ३१ विकेट लिएका छन् ।











प्रतिक्रिया