२८ आश्विन २०८३, बुधबार

प्रधानमन्त्रीलाई शंकर पोखरेलको सुझाव– एक्लो भएको चिन्ता छाड्नुहोस्, कार्यशैली बदल्नुहोस्

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन साहलाई आफ्नो कार्यशैली परिवर्तन गर्न सुझाव दिएका छन् ।

शनिबार सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले प्रधानमन्त्री साहलाई एक्लो भएको चिन्ता नगरी कार्यशैली सुधार्न आग्रह गरेका हुन् ।

पोखरेलले प्रधानमन्त्रीले आफ्नै चुनावी वाचा र प्रतिबद्धता सम्झिनुपर्ने, जनमतको सम्मान गर्नुपर्ने तथा संसदीय दलको नेता बनाउने आफ्नै दललाई विश्वासमा लिनुपर्ने बताएका हुन् ।

 

त्यस्तै, प्रधानमन्त्री चुन्ने सार्वभौम संसद्प्रति पूर्ण रूपमा उत्तरदायी बन्नुपर्ने र आफ्ना कमजोरी स्वीकार गर्दै त्यसलाई सच्याएर अघि बढ्नुपर्ने पोखरेलको भनाइ छ ।

यी विषयमा गम्भीर भएर अघि बढे प्रधानमन्त्रीले आफूलाई कहिल्यै एक्लो महसुस गर्नु नपर्ने भनाई पोखरेलको छ ।

 

‘तर, तपाईं अहिले जसरी चल्दै हुनुहुन्छ– त्यसले तपाईंलाई एक्लो मात्र होइन, पूर्ण रूपमा असफल बनाउने निश्चित छ । समय छँदै बेलैमा सचेत र गम्भीर बन्नुहोस् !’ पोखरेलले फेसबुकमा लेखेका छन् ।

महासचिव पोखरेलले समय छँदै सचेत र गम्भीर बन्न प्रधानमन्त्री साहलाई आग्रह गरेका छन् ।

संसदमा आफ्नै सांसदबाट सरकारको आलोचना भएपछि गएराति फेसबुकमा प्रधानमन्त्री साहले आफू एक्लो महसुस भएको संकेत गर्दै कहिलेकाहीँ एक्लै लड्नुपर्ने लेखेका थिए ।

‘केही समय लाग्छ, सही समय आउनलाई । ढिला होला, तर गलत हुँदैन । नआत्तिनुहोस् । सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ । कहिलेकाहीँ एक्लै लड्नुपर्छ । यो पहिलो चोटि होइन ।’ प्रधानमन्त्री साहले फेसबुकमा लेखेका थिए ।