काठमाडौं । करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहारको नतिजा सार्वजनिक भएको छ ।
शिव कृष्ण जेनरल स्टोरमा २५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर उपहार जितेका हुन् ।
शुक्रबार आन्तरिक राजस्व विभागले साउन १ देखि १५ गतेसम्मको कारोबारका आधारमा पहिलो बम्पर उपहार घोषणा गरेको हो ।
विजेता उपभोक्ताको कुपन नम्बर ००७३१५२५४४९३ रहेको छ ।
करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत साउन १ देखि १५ गतेसम्म बैंक वा डिजिटल वालेटमार्फत अनलाइन भुक्तानी गरी वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता स्वतः कार्यक्रममा सहभागी भएका थिए ।













प्रतिक्रिया