२८ आश्विन २०८३, बुधबार

कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कक्षा १२ को मौका परीक्षा (पूरक) को परीक्षाफल प्रकाशित भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजा अनुसार नतिजा सार्वजनिक गरेको हो। ग्रेड प्राप्त गर्ने परीक्षार्थीको संख्या ५७ हजार ८९७ रहेको छ। यो भनेको ८१.१९ प्रतिशत हो।

परीक्षामा ७१ हजार ३१० परीक्षार्थी सहभागी थिए। तीन जना परीक्षार्थीको भने परीक्षाफल रद्द भएको छ।

परीक्षाफल बोर्डको वेबसाइट, एसएमएस र आईभीआर सर्भिसबाट प्राप्त गर्न सकिने छ।