२८ आश्विन २०८३, बुधबार

इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्षसहित सञ्चालकलाई तत्काल पक्राउ नगर्न सर्वोच्चको आदेश

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे तथा अन्य सञ्चालकलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।

स्मार्ट टेलिकमको धितो सम्पत्ति लिलाम प्रक्रियासम्बन्धी अनुसन्धानका क्रममा जारी भएको पक्राउ पुर्जीविरुद्ध दायर रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले यस्तो आदेश गरेको हो।

अदालतले २५ साउनमा दुवै पक्षलाई छलफलका लागि बोलाउँदै त्यस दिनसम्म निवेदकहरूलाई सोही विषयमा पक्राउ नगर्न आदेश दिएको छ। त्यसपछि अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा निर्णय हुनेछ।

यसअघि सीआईबीको अनुरोधमा जिल्ला अदालत काठमाडौंले बैंकका अध्यक्षसहित सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।