काठमाडौं । व्यावसायिक रूपमा ब्युटिसियनका रूपमा परिचित रिता तामाङ ‘मिस एण्ड मिसेस ब्युटिफुल नेपाल २०२६’ को प्रतिस्पर्धामा सहभागी भएकी छिन्।
सौन्दर्य क्षेत्रमा सक्रिय रहेकी तामाङले प्रतियोगितामार्फत आफ्नो व्यक्तित्व, आत्मविश्वास र प्रतिभा प्रस्तुत गर्दै उपाधिको दौडमा आफूलाई स्थापित गर्ने लक्ष्य राखेकी छिन्।
उनले महिलाको क्षमता, आत्मनिर्भरता र नेतृत्वलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ प्रतियोगितामा सहभागिता जनाएको बताइन् । हाल उनी प्रतियोगिताअन्तर्गत व्यक्तित्व विकास, सार्वजनिक वक्तृत्वकला, मिडिया कम्युनिकेसन, फिटनेस, योग, सेल्फ–मेकअप तथा फेशनसम्बन्धी प्रशिक्षणमा सहभागी भइरहेकी छन्।
प्रतियोगिताको ग्रान्ड फिनाले आगामी भदौ ६ गते राष्ट्रिय नाचघर, काठमाडौं मा आयोजना हुनेछ। रिता तामाङलाई अवेंटोज एप वा अवेंटोज वेबसाइट मार्फत मतदान गर्न सकिनेछ।
रिताले आफ्नो यात्रामा साथ र समर्थन गर्न सम्पूर्ण शुभेच्छुक तथा नेपाली दाजुभाइ–दिदीबहिनीलाई मतदान गरी हौसला प्रदान गर्न अनुरोध गरेकी छिन् ।














प्रतिक्रिया