काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा याङ्की उक्यावलाई नियुक्त गरेसँगै उनको व्यावसायिक पृष्ठभूमि, पारिवारिक सम्बन्ध र नियुक्ति प्रक्रियाबारे राजनीतिक, प्रशासनिक तथा सामाजिक सञ्जालमा व्यापक चर्चा सुरु भएको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्यावलाई लगानी बोर्डको नयाँ सीईओ नियुक्त गर्ने निर्णय गरेको हो। ताप्लेजुङको ओलाङचुङगोलालाई पुर्ख्यौली थलो बनाएकी उक्याव विकास अर्थशास्त्र तथा सार्वजनिक नीतिकी विज्ञ हुन्। उनले बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट सार्वजनिक नीतिमा स्नातकोत्तर तथा अमेरिकाको मिसौरी विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेकी छन्।
यसअघि उनी संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) को प्रशान्त क्षेत्रीय कार्यालयमा वरिष्ठ नीति सल्लाहकारका रूपमा कार्यरत थिइन्। साथै, लगानी बोर्ड नेपालमै आर्थिक तथा वित्तीय विश्लेषण इकाईको नेतृत्वसमेत सम्हालिसकेकी छन्।
याङ्की वालुङ समुदायकी नेपाली नागरिक हुन्। वालुङ नेपालको जम्मा ४८१ जनसङ्ख्या भएको अतिलोपोन्मुख जाति हो भने ‘याङ्की’ शब्दको अर्थ तिब्बती भाषामा ‘सौभाग्यपूर्ण आनन्द’ हुन्छ। उनका बुवा स्व. जोन्देन उक्याब तिब्बतका लागि पूर्वमहावाणिज्यदूत तथा पूर्व अञ्चलाधीश थिए ।
उक्याव चर्चित आँखा विशेषज्ञ डा. सन्दुक रुइतकी भतिजी हुन्। उनको नियुक्तिपछि यही पारिवारिक सम्बन्धलाई लिएर विभिन्न टिप्पणी र बहस हुन थालेका छन्। याङ्की वालुङ समुदायकी नेपाली नागरिक हुन्। वालुङ नेपालको जम्मा ४८१ जनसङ्ख्या भएको अतिलोपोन्मुख जाति हो भने ‘याङ्की’ शब्दको अर्थ तिब्बती भाषामा ‘सौभाग्यपूर्ण आनन्द’ हुन्छ। उनका बुवा स्व. जोन्देन उक्याब तिब्बतका लागि पूर्वमहावाणिज्यदूत तथा पूर्व अञ्चलाधीश थिए ।
यसो त नियुक्तिअघि डा। रुइतले प्रधानमन्त्री बालेन्द्र शाह र मुख्य सल्लाहकार कुमार बेनसँग भेट गरी उक्यावको पक्षमा सिफारिस गरेको स्रोतको दाबी छ।
उक्यावको नाम अर्थमन्त्री स्वर्णिम वाग्लेको संयोजकत्वमा रहेको सिफारिस समितिले मन्त्रिपरिषद्मा पठाएको तीन सदस्यीय सूचीमा परेको थियो। समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्ट र प्रधानमन्त्रीका सुशासन सल्लाहकार सुदीप ढकाल सदस्य थिए। समितिले याङ्की उक्यावसँगै मनोज पौडेल र सुमनमानसिंह बस्नेतको नाम सिफारिस गरेको थियो।
यसैगरी, सामाजिक सञ्जालमा बारबरा फाउन्डेसनको नाम पनि यस नियुक्तिसँग जोडेर विभिन्न टिप्पणी भइरहेका छन्। केही प्रयोगकर्ताले डा. सन्दुक रुइत, अर्थमन्त्री स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरूङ तथा अन्य व्यक्तिहरूको नामसमेत उक्त संस्थासँग जोडेर चर्चा पनि गरेका छन्।













प्रतिक्रिया