२८ आश्विन २०८३, बुधबार

कप्तानगन्ज घटनाका पीडितलाई राहत प्रदान गर्ने सरकारको निर्णय

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले कप्तानगन्ज घटनापीडितलाई राहत तथा क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले घटनापीडितलाई राहत तथा क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको हो ।

प्रदर्शनका क्रममा मृत्यु हुने र घाइतेहरूलाई क्षतिपूर्ति, राहत र उपचारको व्यवस्था गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । घटनामा सुनसरी ३ र सिरहामा १ गरी ४ जनाको मृत्यु भएको छ ।