२८ आश्विन २०८३, बुधबार

सरकार र नर्स ज्योति रानाभाटबीच १९ बुँदे सहमति

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विभिन्न माग राख्दै साउन १४ गतेबाट आमरण अनसनमा बसेकी नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ ।

सरकारी वार्ता टोली र अभियन्ता रानाभाटबीच भएको १९ बुँदे सहमतिपत्रमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका तर्फबाट अतिरिक्त सचिव श्रीकृष्ण श्रेष्ठ, वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्तचन्द्र ओझा र कानुन अधिकृत जयप्रकाश सुवेदीले हस्ताक्षर गरेका छन् । सहमतिपछि ज्योतिले अनसन तोडेकी हुन् ।

दुई पक्षबीच सरकारी, निजी तथा सामुदायिक अस्पताल र मेडिकल कलेजमा कार्यरत नर्स तथा मिडवाइफहरूको पारिश्रमिक र सेवा–सुविधा निर्धारण गर्न मन्त्रालयले सात दिनभित्र कार्यदल गठन गरी छ महिनाभित्र कार्यान्वयन गर्ने, छात्रवृत्तिमा अध्ययन गरेका नर्स तथा स्वास्थ्यकर्मीहरूको योग्यताअनुसार तह र सुविधा समेट्ने गरी ‘छात्रवृत्ति प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन निर्देशिका, २०७२’ लाई ३० दिनभित्र संशोधन गर्ने लगायत रहेका छन् ।