काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (बुधबार) बस्दैछ ।
बैठक केन्द्रीय पार्टी कार्यालय धुम्बाराहीमा अपराह्न १२ः३० बजेबाट बस्नेछ ।
पार्टी प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, आसन्न महाधिवेशनको तयारी, पार्टीको सबै तहको अधिवेशन लगायतका विविध विषयमा छलफल हुनेछ ।
राप्रपाले आगामी मंसिर २६ देखि २८ गते काठमाडौंमा महाधिवेशन गर्ने यसअघि नै घोषणा गरिसकेको छ ।















प्रतिक्रिया