१ कार्तिक २०८३, आइतबार

युकेमा रोजगारी दिलाइदिने भन्दै ७ लाख ठगी, एक जना पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वैदेशिक रोजगारीका लागि युके पठाइदिने भन्दै एक जनाबाट सात लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषाको जनकनन्दिनी गाउँपालिका–२ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–३१ बस्दै आएका २६ वर्षीय रिजवान शेष रहेको प्रहरीले जनाएको छ ।

आकर्षक तलबमा युकेमा रोजगारी दिलाइदिने प्रलोभन देखाएर लामो समयसम्म सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा उनलाई मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले शंखमूलबाट पक्राउ गरेको हो ।

उनीमाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।