काठमाडौं । अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले नेपालको वित्तीय प्रणालीलाई आर्थिक रूपान्तरणको नेतृत्वदायी साझेदार बढाएर अघि बढ्ने बताएका छन् ।
मंगलबार मन्त्रालयमा २० वाणिज्य बैंकका सीइओसँग छलफल गर्दै मन्त्री वाग्लेले सरकार र बैंकिङ क्षेत्रबीचको सम्बन्ध नियामक र नियमित निकायको मात्र नभइ साझा राष्ट्रिय जिम्मेवारीको सम्बन्ध रहेको समेत बताएका हुन् ।
उनले आर्थिक वृद्धि, लगानी विस्तार, रोजगारी सिर्जना र वित्तीय स्थायित्व सवैको साझा उदेश्य भएको उल्लेख गरे । लगानीको विश्वास निर्माण गर्ने, लगानी विस्तार गर्ने, उत्पादन बढाउने र नेपाललाई उच्च वृद्धि तथा उच्च उत्पादकत्वको नयाँ चरणमा प्रवेश गराउने काममा सरोकारवाला सवैको सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।
बैठकमा सहभागी नबिल बैंकका सीईओ मनोज ज्ञवालीले आयात घटाउने , निर्यात बढाउने , शोधनान्तर स्थितिमा सुधार गर्ने र उत्पादनशील क्षेत्रमा लगानी बढाउने विषयमा छलफल केन्द्रित रहेको जानकारी दिए ।
अर्थमन्त्रीले निजी र बैंकिङ क्षेत्रलाई अभिभावकका रूपमा विश्वासको वातावरण बनाउने, नीतिगत वा कानुनी बाधा–अड्चन फुकाउन तयार रहेको र जीडीपी तथा प्रतिव्यक्ति आयको लक्ष्य भेटाउन सहकार्य गर्ने बताएका उनले बताएका छन् ।













प्रतिक्रिया