१ कार्तिक २०८३, शनिबार

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : पूर्वमहानिर्देशक अधिकारीलाई धरौटीमा रिहा गर्न आदेश

तत्काल रिहा भने नहुने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ठमाडौं। विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित राजस्व छुट प्रकरणमा नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

विशेष अदालतको इजलासले उक्त मुद्दामा धरौटी माग गरेको भए पनि अधिकारी अर्को भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेकाले तत्काल रिहा भने हुने छैनन् ।

यो प्रकरणमा ठेकेदार कम्पनीलाई सम्झौताविपरीत राजस्व छुट दिइएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वअर्थमन्त्रीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आयोगले उक्त मुद्दामा करिब ३ अर्ब ६२ करोड रुपैयाँ बराबरको बिगो दाबी गरेको छ।

यसअघि यही मुद्दाका अन्य प्रतिवादीहरू पनि अदालतको आदेशअनुसार धरौटीमा छुटिसकेका छन्।