३१ आश्विन २०८३, शनिबार

मोटरसाइकल दुर्घटनापछि घाइते साथीको हत्या गर्ने पक्राउ

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। बर्दियामा मोटरसाइकल दुर्घटनापछि घाइते भएका सहयात्रीको हत्या गरेको आरोपमा प्रहरीले मोटरसाइकल चालकलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार साउन १५ गते राति ठाकुरबाबा नगरपालिका क्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा चालक र पछाडि सवार दुवै घाइते भएका थिए। दुर्घटनापछि पछाडि सवार २७ वर्षीय आसाराम थारु सम्पर्कविहीन भएका थिए।

घटनाको अनुसन्धानका क्रममा दुई दिनपछि सिँचाइ नालामा थारुको शव फेला परेको थियो। अनुसन्धानबाट दुर्घटनापछि घाइते अवस्थामै रहेका थारुमाथि चालक गोविन्द जैसीले कुटपिट गरी घाँटी कसेर हत्या गरेको र शव नालामा फालेर फरार भएको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले जैसीलाई नियन्त्रणमा लिएर कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।