हेटौंडा । वाग्मती प्रदेश सरकारको भौतिक पूर्वाधारमन्त्रीमा शैलेन्द्रमान बज्राचार्य नियुक्त भएका छन् ।
भौतिक पूर्वाधार विकासमन्त्री बिनु रायमाझी पौडेलले राजीनामा दिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हाम्रो नेपाली पार्टी (हानेपा) का प्रदेशसभा सदस्य बज्राचार्यलाई भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त गरेका हुन् ।
नयाँ कार्यविभाजनअनुसार मुख्यमन्त्री बानियाँले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी आफैँ सम्हाल्ने भएका छन् । शिवराज अधिकारीलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, उर्मिला नेपाललाई कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय, कञ्चनचन्द्र बादेलाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यसैगरी प्रभात तामाङ आर्थिक मामिला तथा योजनामन्त्री, सुरेश श्रेष्ठ उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री, कृष्णकुमार तामाङ खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तथा शैलेन्द्रमान बज्राचार्य भौतिक पूर्वाधार विकासमन्त्री भएका छन् ।















प्रतिक्रिया