१ कार्तिक २०८३, आइतबार

विषालु च्याउ खाँदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा । बाजुरामा विषालु जङ्गली च्याउ खाएर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको बडीमालिका नगरपालिका वडा नम्बर ७ ढम्कनेका ५१ वर्षीय रामबहादुर थापाको जङ्गली च्याउ खाएर मृत्यु भएको हो । सोमबार दिउँसो जङ्गलमा उम्रिएको च्याउ खाँदा उनी बिरामी परेका थिए ।

थापाको जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा मृत्यु प्रहरीले जनाएको छ ।

यस्तै, जङ्गली च्याउ खाँदा मृतक थापाकी श्रीमती ५० वर्षीया नाम्सरी थापा गम्भीर बिरामी भएकी छन् ।

थापाको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।